मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद सिंह, संविधानमाथि प्रहार भएको दाबी
aarthiknews.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्रहार भइरहेको जानकारी दिए । उनले अहिलेको संविधान कुनै कारणबस गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने दाबी गरे । उनले देश गृहयुद्धमा जाने र मधेशले केही पनि नपाउने बताए ।
सांसद सिंहले केन्द्रमा शासन गर्नेहरुले मधेशलाई कहिले पनि प्राथमिकतामा नराखेको बताए । उनले जनयुद्ध र मधेश आन्दोलनको जगबाट मधेशले केही उपलब्धि पाएता पनि अहिले त्यसको कुनै औचित्य नदेखिएको बताए । सांसद सिंहले देशमा कुनै न कुनै किसिमले जहिले पनि मधेशमै द्वण्द्व, हिंसा, धार्मिक दंगालगायतका घटना हुने गरेकोप्रति सरकारलाई प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)