सिटिजन्स बैंकले सेती अस्पतालको डायलासिस युनिटलाई दियो आरओ प्रणाली
aarthiknews.com

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस (आरओ) प्रणाली उपलब्ध गराएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उक्त प्रणाली सहयोग गरेको हो।
अस्पतालको डायलासिस युनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित मिर्गौला रोगीलाई सेवा दिँदै आएको छ। डायलासिसका लागि आवश्यक पानीलाई सुरक्षित र उपचारयोग्य बनाउन आरओ प्रणाली महत्वपूर्ण हुने भएकाले अस्पतालको आवश्यकताका आधारमा बैंकले उक्त उपकरण उपलब्ध गराएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)