मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी प्रशासनको संवेदनशीलता खोई ?

rajdhanidaily.com · Mon Jan 23 23:26:52 GMT 2023

नेपाली दुई युवकको अपहरणपछि फिरौती माग गरिँदा भनेअनुसार फिरौती नपाएको बहानामा भारतमा हत्या भएपछि यसले नेपालको सुरक्षा संयन्त्रमाथि केही गम्भीर प्रश्नहरू उब्जाएको छ । अपहरित युवकको हत्याप्रकरणले मृतकका परिवारजनलाई आन्दोलित बनाएको छ भने सिंगो नेपाली जनतालाई संवेदित बनाएको छ । मृतकका परिवारजन र स्थानीयवासीले जनकपुरधामस्थित पिडारी चोकमा प्रदर्शन तथा चक्काजाम सुरु गरिसकेका छन् । यो घटनालाई हेर्दा यसको प्रकृति केही गम्भीर देखिएको पनि छ । किनकि, नेपाल–भारत सिमाना खुला रहेकाले नेपालीको भारतमा र भारतीयको नेपालमा आवतजावत मित्रवत् छ । यस्तो, अवस्थामा यस्ता प्रकृतिका घटना घट्न पुग्नु कुन नियत र प्रक्रियाले काम गरिरहेको छ भन्ने सबैलाई बनाइरहेको छ । प्रदर्शनमा उत्रिएका मृतकका परिवारजनले प्रहरी प्रशासनको कमजोरी र लापरबाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रशासनिक लापरबाहीमाथि दोषारोपण गरिरहेका छन् । पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरूले कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि प्रहरीले यस’bout अहिले आएर अनभिज्ञता प्रकट गर्नु बेइमानी भएको भन्न थालेपछि घटनाले गम्भीर मोड लिने जस्तो देखिन थालेको छ ।

युवाद्वय विष्णु साह र रोहित साहको अपहरणपछि प्रहरीले खोजतलासमा सहयोग नगरेको परिवारजनको आरोप प्रहरी प्रशासनका लागि जटिल बन्दै गएको छ । मृतकका परिवारजनको भनाइअनुसार यदि प्रहरीले घटनाको समय छँदै अनुसन्धान अघि बढाएको भए दुवै जनाको ज्यान जोगिने सम्भावना रहेको थियो । दुवै युवाको आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेपछि आफन्तजन आक्रोसित र आन्दोलित हुनपुगेको देखिन्छ । नेपाल र भारतको सीमा इलाकामा रोटी बेटीको सम्बन्ध आएको होइन । यो सदिऔंदेखि निरन्तरतामा छ । यी दुई युवा पनि दुई साताअघि भारतको सीतामढी जिल्लाको बेला परिहारमा रहेका आफन्तको घरमा गएका थिए । परिवारजनका अनुसार त्यहीबाट गत पुस २७ मा एकाएक बेपत्ता भएपछि अपरहरणकारीले गत सोमबार भारतीय फोन नम्बरबाट ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए । परिवारजनले अपहणकारीसँग कुरा पनि गरिरहने र यता नेपाल प्रहरीलाई सोको कल डिटेल पनि तत्काल उपलब्ध गराएर ती युवाको सुरक्षार्थ पहलकदमी लिन आग्रह गरिरहेका थिए । फिरौती लिन नेपालको सीमानजिक बोलाएपछि पनि नेपाल प्रहरीलाई खबर गरिरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)