सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई सहयोग
corporatenepal.com · Sun Sep 20 06:24:51 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत धनगढी-०१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराई सहयोग प्रदान गरेको छ ।
यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला रोगी बिरामीहरूलाई प्रदान गरिने डायलासिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । अस्पतालको डायलासिस युनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)