गोरखामा बोलेरो दुर्घटना: एकजनाको मृत्यु, सात घाइते
annapurnapost.com · Sun Sep 20 06:18:59 GMT 2026

गोरखा : जिल्लाको सिरानचोक गाउँपालिका-२ थालाजुङको भित्रि सडकखण्डमा आइतबार बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको महिन्द्रा जीप साढे १० बजेतिर दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको स्थानीय भक्तबहादुर गुरुङले जानकारी दिए ।
सो दुर्घटनामा सिरानचोक ७ का ६८ वर्षीय कमलबहादुर घिमिरे,सोही ठाउँका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)