कांग्रेसको निर्णय कुर्दै सभामुख
annapurnapost.com · Thu May 09 16:37:42 UTC 2024

काठमाडौं : शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोल्न दिने कि नदिने विषयमा कांग्रेस अनिर्णित बनेको छ। पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएपछि बिहीबार बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक भोलिका लागि सरेको छ। जसका कारण लामिछानेलाई बोल्न दिने/नदिने विषय ओझेलमा परेको हो।
सभामुख देवराज घिमिरेले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्। शुक्रबार २ बजे बस्ने संसद बैठक सञ्चालनका विषयमा सभामुख घिमिरेले छलफल गरेका हुन्। बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति नबनाएसम्म बोल्न नदिने अडान कायमै रहेको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)