‘जलाकी’को टिजरमा उपासना र सोनमको प्रेमकथा
ratopati.com · Sun Sep 20 06:37:46 GMT 2026

काठमाडौँ । अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म हो ‘जलाकी’ । आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने फिल्मको फष्टलुक्स टिजर सार्वजनिक गरिएको छ ।
टिजरमा अभिनेत्री उपासनाको कलेज जीवनको एकतर्फी प्रेम देखाउन खोजिएको छ । कलेजमा उनको अभिनेता सोनम तोप्देनसँग एकतर्फी प्रेम बसेको टिजरले संकेत गर्छ । यसरी हेर्दा फिल्मले कलेज जीवनको अधुरो प्रेमकथालाई मुख्य विषयवस्तु बनाएको अनुमान गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)