रित्तै चल्छ दक्षिण एसियाकै पहिलो हाइड्रोजन रेल, हालको रूटमा फ्लप भएपछि दिल्लीसम्म चलाउने तयारी
clickmandu.com · Sun Sep 20 06:38:27 GMT 2026

काठमाडौं । भारतीय रेलवेले ‘ग्रिन ट्रान्सपोर्ट’ अभियानअन्तर्गत ठूलो तामझामका साथ सञ्चालनमा ल्याएको दक्षिण एसियाकै पहिलो हाइड्रोजन रेल यात्रु अभावका कारण सुरुवाती चरणमै ‘फ्लप’ बनेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर उद्घाटन गरेको र ‘आत्मनिर्भर भारत’ अभियानअन्तर्गत अनुसन्धान र डिजाइन संस्था (आरडीएसओ) ले यो हाइड्रोजन रेल करिब ८० करोड भारतीय रुपैयाँ (१ अर्ब २८ करोड रूपैयाँ नेपाली) को लागतमा तयार पारेको हो । यस महत्त्वाकांक्षी परियोजना सञ्चालनको दुई महिना नबित्दै रित्तै गुड्न थालेपछि भारतीय रेलवेको नीतिगत पूर्वतयारी, बजार विश्लेषण र रुट छनोटमाथि गम्भीर प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)