गोरखामा जीप दुर्घटना, ८ जना घाइते
lokaantar.com

गोरखाको सिरानचोकमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
सिरानचोक गाउँपालिका- २ थालाजुङस्थित भित्री सडकखण्डमा आइतबार बिहान करिब साढे १० बजेको समयमा ग १ ज ६३८९ नम्बरको महेन्द्र जीप दुर्घटना हुँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।