धनकुटामा सुमो दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते
himalpress.com · Sun Sep 20 06:35:55 GMT 2026

काठमाडोँ- धनकुटाको छथर जोरपाटी गाउँपालिका ३, बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको छ। सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री घाइते भएका छन्। धनकुटा नगरपालिका ४ की ४० वर्षीया धनमाया राई, ३३ वर्षीया पुनम लिम्बू, उनकी २ वर्षीया छोरी आरध्या लिम्बू, सोही स्थानका २६ वर्षीय आइन्द्र लिम्बू घाइते भएका प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)