ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
ratopati.com · Sun Jul 19 17:11:06 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु हुनुअघि न्युयोर्क न्युजर्सी रङ्गशाला बाहिर समर्थकहरूको ठुलो भिड लागेको छ । स्पेन र अर्जेन्टिनाबिच ८२ हजार ५ सय दर्शक क्षमताको रङ्गशालामा हुन लागेको उपाधि भिडन्तका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएका कारण दर्शकहरूले भित्र प्रवेश गर्न घण्टौँसम्म लाइनमा बस्नुपरेको छ । यो खेल नेपाली समय अनुसार सोमबार बिहान १२ः ४५ सुरु हुँदैछ ।
यस संस्करणको विश्वकपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रङ्गशालामै उपस्थित भएर हेर्न लागेको यो एक मात्र खेल हो । राष्ट्रपतिको उपस्थितिका कारण अमेरिकी ‘सिक्रेट सर्भिस’ ले खेलको सुरक्षा व्यवस्था आफ्नो हातमा लिएको छ, जसका कारण दर्शकहरूले मैदानभित्र छिर्न लामो समय कुर्नुपरेको छ । बीबीसी स्पोर्ट्स का अनुसार समर्थकहरूले रङ्गशाला प्रवेशका लागि करिब दुई घण्टासम्म लाइनमा बस्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)