रसुवा बाढीपछि मुस्ताङको पर्यटनमा असर, एकै महिनामा २९ हजार पर्यटक घटे
bishowkhabar.com · Sun Sep 20 06:48:51 GMT 2026

काठमाडौं– गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा पर्यटक आगमन झन्डै आधाले घटेको हो ।
प्रहरीको तथ्यांकअनुसार साउनमा ६१ हजार २६३ जना पर्यटक मुस्ताङ पुगेका थिए । भदौमा भने यो संख्या घटेर ३१ हजार ९८९ मा सीमित भएको छ । साउनको तुलनामा भदौमा २९ हजार २७४ जना अर्थात् ४७ दशमलव ७८ प्रतिशत पर्यटक घटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)