२०औं एसियन गेम्स : करातेका मिनबहादुर सेमिफाइनलमा पराजित
onlinekhabar.com · Sun Sep 20 06:47:46 GMT 2026
४ असोज, काठमाडौं । नेपाली कराते खेलाडी मिनबहादुर तामाङ जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनिको तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको खेलमा मिनबहादुर कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले पराजित भएका हुन् । उनले सेमिफाइनलमा कुनै पनि अंक जोड्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)