पश्चिम एसिया केन्द्रित गर्दै अमेरिकाले जारी गर्यो ट्राभल एडभाइजरी
baahrakhari.com · Sun Sep 20 06:53:49 GMT 2026

काठमाडौं । पश्चिम एसियामा ठूलो सुरक्षा चुनौती रहेको भन्दै अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
अमेरिकाले उक्त क्षेत्र बाहिर रहेका नागरिकलाई भ्रमणबारे पुनर्विचार गर्न भनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प क्याम्प डेभिडको भ्रमण छोट्टाएर ह्वाइट हाउस फर्किएलगत्तै यस्तो सूचना आएको हो । ट्रम्पको अप्रत्याशित फिर्तालाई इरानले ‘कोड १००’ जारी गरेको खबरसँग जोडेको छ । ‘कोड १००’ इरानी सशस्त्र बलका लागि उच्चस्तरीय पूर्वतयारीको संकेत मानिन्छ । यद्यपि, कुनै पनि इरानी समाचार एजेन्सीले अहिलेसम्म यसको पुष्टि गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)