भारतको जलगाउँमा भएको रेल दुर्घटना हुनेको संख्या १२ पुग्यो
nepalpress.com · Wed Jan 22 16:36:18 GMT 2025

काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ नजिकै बुधबार साँझ भएको भयानक रेल दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा नेपाली यात्रु पनि परेको आशंका गरिएको छ। भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा बढी नेपाली सवार रहेको दाबी गरे पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।
घटनाको मुख्य कारण पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला रहेको बताइएको छ। परधाडे रेलवे स्टेशनमा उक्त हल्ला फैलिएपछि आतङ्कित यात्रुहरू रेलबाट हामफाल्न थाले। यसैबीच, अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसले थुप्रै यात्रुलाई किचेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)