मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखामा जीप दुर्घटना, एकजनाको मृत्यु

ratopati.com · Sun Sep 20 07:04:17 GMT 2026

पोखरा । गोरखामा जिप दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सिरानचोक २ थालाजुङमा दुर्घटना भएको हो ।

गाडी सडकको नालामा खसेर भित्तामा ठोक्किँदा काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)