आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता
gorkhapatraonline.com · Sun Sep 20 07:03:32 GMT 2026

दक्षिणपूर्वी एसियाली राष्ट्रको संगठन (आसियान)का सदस्य राष्ट्रका आर्थिक मन्त्रीहरु क्षेत्रीय आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यसहित फिलिपिन्समा भेला भएका छन् । फिलिपिन्सको मेट्रो मनिलास्थित पासे सिटीमा शनिबार ५८ औँ आसियान आर्थिक मन्त्रीस्तरीय बैठक तथा सम्बन्धित बैठकहरू सुरु भएका हुन् ।
बैठक आगामी मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ । बैठकमा आसियान क्षेत्रको व्यापार तथा लगानी विस्तार, डिजिटल अर्थतन्त्रको विकास, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) को प्रवद्र्धन, नवप्रवर्तन तथा दिगो आर्थिक वृद्धिलगायतका विषयमा विस्तृत छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)