मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मंगलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

rajdhanidaily.com · Sun Sep 20 07:05:58 GMT 2026

काठमाडौं । सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि (SNVPL) ले नेपालमा मंगलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको छ । यस नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध (Absolute, Royale, र Intensity) एउटै प्याकमा समावेश गरिएको छ ।

परम्परागत सुगन्धसँग आधुनिक अनुभवलाई जोड्दै मंगलदीप सेन्ट ३ इन १ लाई नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखी विकास गरिएको हो । चारकोलरहित तथा लामो समयसम्म टिकिरहने सुगन्ध यसको प्रमुख विशेषता हुन् । एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मूड वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)