दृष्टिविहीन विद्यार्थीलाई कम्बल वितरण
deshsanchar.com · Wed Jan 22 17:45:35 GMT 2025

अछाम – मङ्गलसेन नगरपालिका–५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई कम्बल वितरण गरिएको छ। विद्यालयमा अध्यनरत दृष्टिविहीन र अनाथ विद्यार्थीलाई स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना वितरण गरेको हो।
सोही विद्यालयको आवास गृहमा बस्दै आएका १५ जना अनाथ र पाँच जना दृष्टिविहीन बालबालिकालाई १० थान कम्बल र १० थान डस्ना वितरण गरिएको कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)