मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिताराम घ्यू नयाँ प्याकमा सार्वजनिक

abhiyandaily.com

काठमाडौं (अस) । सीताराम गोकुल मिल्क्स कम्पनीले सीताराम घ्यू नयाँ प्याकमा सार्वजनिक गरेको छ । विगत २५ वर्षदेखि दूध तथा दूग्धजन्य वस्तुको कारोबार गर्दै आएको कम्पनीले नयाँ प्याकमा घ्यू सार्वजनिक गरेको हो । नयाँ प्याकमा घ्यू विक्री बिहीवारदेखि शुरू गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले २५औं वर्ष प्रवेशको अवसरमा विभिन्न उत्पादनहरू बजारमा ल्याएको बताएको छ । केडिया अर्गनाइजेशनको भगिनी संस्थाको रूपमा स्थापना भएको सिताराम गोकुल मिल्क्स कम्पनीको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)