मोरङको सुन्दरहरैँचाबाट विश्लेषक भरत दाहाल पक्राउ,काठमाडौं पठाइँदै
annapurnapost.com · Sun Sep 20 07:00:44 GMT 2026

विराटनगर : राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट आइतबार बिहान पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा साइबर ब्युरोको अनुरोधमा उनलाई आइतबार बिहान नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित गौरी ढकालको चिया पसलमा रहेका बेला दाहाललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरिएको एसपी कटवालले बताए । ‘जहाजमार्फत दिउँसो २ बजे काठमाडौं पठाउने तयारी छ,’उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)