२१ वर्ष पूरा गरेको एनसेल फाइभजीमा प्रवेश गर्ने तयारीमा, ४५ अर्ब जुटाउने चुनौती
kendrabindu.com · Sun Sep 20 07:18:40 GMT 2026

काठमाडौं । नेपालमा निजी क्षेत्रबाट मोबाइल सेवा सुरु गरेको एनसेलले २१ वर्ष पूरा गरेको छ । १७ सेप्टेम्बर २००५ मा ‘मेरो मोबाइल’का नामबाट सेवा सुरु गरेको कम्पनी अहिले १ करोड ४० लाखभन्दा बढी ग्राहकसहित नेपालको दूरसञ्चार बजारको प्रमुख खेलाडीका रूपमा छ ।
दुई दशकअघि मोबाइल सेवा सुरु गर्दा देशमा यसको पहुँच सीमित थियो । अहिले मोबाइल सेवा सर्वसाधारणको दैनिकीको हिस्सा बनेको छ । एनसेलले पनि त्यहीसँगै आफ्नो यात्रा अघि बढाउँदै ‘थ्रीजी’, ‘फोरजी’ हुँदै अब ‘फाइभजी’मा जाने तयारी थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)