जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते
khabarhub.com · Sun Sep 20 07:20:12 GMT 2026

गोरखा – सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)