पाकिस्तानलाई पराजित गर्दै श्रीलंका महिला क्रिकेटको फाइनलमा
barnanmedia.com · Sun Sep 20 07:14:14 GMT 2026
कप्तान चमारी अथापथुको उत्कृष्ट ब्याटिङमा श्रीलंका एसियन गेम्सअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै स्वर्ण पदकको भिडन्त पक्का गरेको हो ।
पाकिस्तानले दिएको १७८ रनको लक्ष्य श्रीलंकाले १३ बल बाँकी छँदै दुई विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा कप्तान चमारीले अविजित ८३ रनको शानदार इनिङ्स खेलिन् । उनले ५० बलमा ७ चौका र ६ छक्का प्रहार गरिन् । हसिनी परेराले पनि ४२ रनको योगदान दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)