दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
baahrakhari.com · Sun Sep 20 07:22:32 GMT 2026

बनेपा । धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
दुई दशकदेखि रोकिएको आयोजना ब्युँतिने भएको हो । आयोजना क्षेत्रका निजी, सार्वजनिक तथा गुठीका गरी २७२ दशमलव ५ रोपनी जग्गा २२ वर्षदेखि रोक्का रहँदा ७२ भन्दा बढी परिवार प्रभावित भएका छन्। आयोजना क्षेत्रका दुई सय ७० भन्दा बढी कित्ता रोक्का रहेकाले जग्गाधनीले घर निर्माण, कित्ताकाट तथा बैंकमा धितो राखेर ऋण लिनेलगायत प्रयोजनमा आफ्नो जग्गा सहज रूपमा उपयोग गर्न पाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)