मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामकुमारीले ओलीको तस्बिर राख्दै भनिन्– ‘कसैलाई कुनैदिन कसैको हात चाहिन्छ ’

ratopati.com · Sun Sep 20 07:26:06 GMT 2026

काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन भइरहेको प्रयासलाई राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छिन् । अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्दै लामो फेसबुक स्ट्याटस लेखेर झाक्रीले कुनै दिन आफैँलाई कसैको हात चाहिने र कुनै दिन आफैँलाई बाटो देखाउने, र म छु भन्ने मानिस चाहिने बताएकी छन् ।

साथै उनले ओलीको खुट्टा तान्दा अरू पनि हिलोमा गाडिने बताएकी साङ्केतिक चेतावनी दिएकी छिन् । ‘त्यस्तो बेला कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु हो । कसैलाई ढुङ्गा हान्नु भनेको आफू उभिएको किनार पनि भत्काउनु हो । बेसहारा हुनु हो’, झाक्रीले भनेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)