एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन
gorkhapatraonline.com · Sun Sep 20 07:25:13 GMT 2026
आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । प्रतियोगिताको उदघाटनका दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालेकी छन् ।
जापानका ताकुमी होजोले नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जिते । चीनका झाङ सि रुईले रजत तथा काजाकिस्तानका अर्लान झानाबेले कास्य पदक जिते । होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल यात्रा र ५ किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे । “यो हाम्रो पहिलो स्वर्ण पदक भएकाले यसले जापानी टोलीको मनोबल उच्च बनाएको छ”, ३० वर्षीय होजोले भने । उनको जितले सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि छनोटको अवसरसमेत सुनिश्चित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)