मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समाजवादी मोर्चाले हेटौँडामा सन्देश सभा गर्दै

nepallive.com · Sun Sep 10 00:46:00 GMT 2023

काठमाडौं – सत्तापक्षीय ३ दलसहित ४ दल सम्मेलित समाजवादी मोर्चाले आज (आइतबार) मकवानपुरको हेटौँडामा सन्देश सभा गर्दै छ। शनिबार पत्रकार सम्मेलन गरी हेटौँडामा हुने सन्देश सभाबारे जानकारी दिइएको थियो।

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौँडामा सभा हुने नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्। आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने समेत तयारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)