एरिका गुरुङ सेमिफाइनलबाटै बाहिरिइन्
kendrabindu.com · Sun Sep 20 07:33:50 GMT 2026
काठमाडाैं । नेपालकी कराँते खेलाडी एरिका गुरुङ जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कराँतेको कुमितेमा सेमिफाइनलबाट बाहिरिएकी छन्।
महिला ६८ किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ अंकले पराजित भएकी हुन्। विश्व वरीयतामा शीर्ष स्थानमा रहेकी बलिया प्रतिस्पर्धी बेरुत्सेभासँग यसअघि १९औँ एसियाडको फाइनलमा पनि एरिकाको भेट भएको थियो, जहाँ उनले ऐतिहासिक रजत पदक जितेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)