अनसन बसेकालाई एमक्यापको अनुरोध,वार्ता र संवादबाट माग पूरा गर्न तयार हुनुहोस्
annapurnapost.com · Sun Sep 20 07:26:37 GMT 2026

गोरखा : जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनिकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै आमरण अनसन बसेका मनास्लुका युवाहरूको माग पूरा गर्न मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले पहल गरेको छ ।
आइतबार बिहान पत्र पठाउँदै एमक्यापले अनसनबाट फिर्ता भई वार्ता र संवादबाट माग पूरा गर्न तयार रहन युवाहरूलाई अनुरोध गरेको हो । ‘हिमताल विस्फोटको जोखिम, सीमापारि बग्ने नदी तथा हिमनदीहरूको अवस्था, विद्यालय पाठ्यक्रममा जलवायु परिवर्तनसम्बन्धी पठनपाठन,अन्तर्राष्ट्रिय जलवायु न्याय र क्षतिपूर्ति लगायतका माग अत्यन्त समय सापेक्ष, सान्दर्भिक र गम्भीर छन्’, सो पत्रमा भनिएको छ,‘मनास्लु संरक्षण क्षेत्र भित्रका हिमाली समुदायको जीवन,जीविकोपार्जन र सुरक्षासँग प्रत्यक्ष जोडिएका यी विषयहरूमा यस कार्यालय पनि उत्तिकै चिन्तित र गम्भीर रहेको छ ।’ विषयको गाम्भीर्यतालाई मनन गरी एमक्यापले सम्बन्धित निकायसँग निरन्तर सम्पर्क तथा संवादमा रहिआएको भन्दै माग सम्बोधनको वातावरणका लागि समन्वय गर्न पहल गरिरहेको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)