मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमा क्षेत्रमा लागुऔषध र सीमा सुरक्षासम्बन्धी कार्यक्रम

barnanmedia.com · Wed Jan 22 22:13:32 GMT 2025

काठमाडौँ, १० माघ : सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो एक सातामा लागुऔषध, सीमा सुरक्षाका विषयमा तीन सय ६१ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी दिवसका सन्दर्भमा साताव्यापी कार्यक्रमअन्तर्गत आजसम्म देशभरका सीमा क्षेत्रमा उक्त कार्यक्रम गरिएको हो । ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ मुख्य नारासहित उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)