देवानगञ्ज घटना : युवतीको विवादमा गोली प्रहार, किशोरको शरीरबाट निकालियो गोली
ratopati.com · Sun Sep 20 07:35:43 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका नीरजकुमार यादवको शरीरबाट गोली निकालिएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा अपरेसनपछि चिकित्सकहरूले एउटा बुलेट निकालेका हुन् । १९ वर्षीय यादव देवानगञ्ज–१ स्थित कप्तानगञ्जका स्थानीय हुन् । उनको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको थियो ।
गोली प्रहारमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लाली भनेर चिनिने जयकिशोर यादव र विष्णुकुमार यादव छन् । आरोपीहरू देवानगञ्ज–२ का स्थानीय हुन् । घटनामा संलग्न अरू ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)