राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ, काठमाडौं लगिंदै
nepalsamaya.com · Sun Sep 20 07:36:19 GMT 2026

विराटनगर- राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन्। मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ गरिएको हो।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साइबर ब्युरोको आग्रहमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार दाहाललाई आवश्यक अनुसन्धानका लागि आइतबार नै जहाजमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)