मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

औद्योगिक विकासका लागि ठूला उद्योग

rajdhanidaily.com · Wed Jan 22 23:08:08 GMT 2025

कुनै पनि देशमा आवश्यक राजस्व उठाउन, रोजगारी सिर्जना गर्न र आवश्यक सामानहरू आपूर्ति गर्ने काम औद्योगिक विकासबाट मात्र सम्भव हुन्छ । परन्तु, धेरैजसो देशहरूमा आजसम्म पनि आवश्यक विकास हुन नसक्नाले ती आवश्यकताहरू सन्तोषजनक परिपाटीबाट परिपूर्ति गर्न सकिएको छैन ।

युरोपेली देशहरूलगायत अन्य विकसित देशहरूमा झन्डै दुई शताब्दीअघि औद्योगिक क्रान्ति गरिएको थियो । आज यी देशहरू सम्पन्न छन् । एसिया महादेशका दुई ठूला राष्ट्रहरू चीन र भारतमा सन् १९८० देखि ९० को दशकमा खुला अर्थतन्त्रको नीति अवलम्बन गरेदेखि औद्योगिक विकास तीव्र गतिले भइरहेको छ । त्यसैले, आज यिनीहरू विश्वकै ठूला शक्तिको रूपमा अग्रसर भइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)