मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय पुरुष बास्केटबलमा गण्डकी प्रदेश च्याम्पियन

deshsanchar.com · Wed Jan 22 23:14:13 GMT 2025

कास्की- पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।

पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा बागमती प्रदेशमाथि ८१–७८ अङ्कको झिनो अन्तरको जित निकाल्दै गण्डकी च्याम्पियन बनेको हो । खेलमा गण्डकीले पहिलो क्वाटरमा २४–१८ अङ्कले अग्रता बनाए पनि दोस्रो क्वाटरमा बागमती २२–१७ अङ्कले अघि रह्यो । तृत्तीय क्वाटरमा समेत गण्डकी १७–२६ अङ्कले पछि रह्यो । तर अन्तिम क्वाटर गण्डकीले २३–१२ अङ्कले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)