मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफैंलाई गोली हान्ने जवान वकिल धनगढी ल्याइए, अवस्था गम्भीर

barnanmedia.com · Wed Jan 22 23:16:35 GMT 2025

काठमाडौँ, १० माघ : सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली प्रहार गरेका छन्। बुधबार बेलुका करिब साढे ८ बजे ड्युटीका क्रममा उनले सेन्ट्री कोत गारदमा एसएलआर राइफलबाट गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनामा गोली जवान बिष्टको दाहिने कानभन्दा माथि लागेको छ। तत्कालै घाइते बिष्टलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)