टिकटकले जन्माएका ‘कुलव्वाइ’, जसको क्रेजले हलहरूमा टिकिरहेको छ ‘बेहुली’
nepalpress.com · Sun Sep 20 07:43:12 GMT 2026

काठमाडौं । पारस बम ठकुरी उर्फ ‘कुल ब्वाय’ अभिनित ‘बेहुली’ हलहरुमा दोस्रो हप्तामा प्रदर्शनरत छ । चलचित्रले गत बिहीबारसम्म पहिलो हप्तामा २ करोड २७ लाखमाथिको ग्रस कलेक्सन गरेको निर्माता अर्जुन पोखरेलले बताएका छन् ।
अहिले पनि ‘बेहुली’ हेर्ने दर्शकको चाप हलहरुमा राम्रै छ । सम्पादन, भीएफएक्स र पटकथामा बग्रेल्ती त्रुटी भएर पनि चलचित्रले दर्शकको साथ पाउनुमा कुल ब्वायले टिकटकमार्फत् निर्माण गरेको क्रेजलाई नै प्रमुख कारणका रुपमा लिइएको छ । साथै, नायिका दिव्या रायमाझीसँग उनको केमेस्ट्रीलाई धेरैले रुचाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)