थालाजुङमा जीप दुर्घटना: आठ घाइते, दुईको अवस्था गम्भीर
gorkhapatraonline.com · Sun Sep 20 07:48:13 GMT 2026

गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार बिहान करिब १०: ३० बजे भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जीप सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)