मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी वर्ष एमालेका लागि पार्टी शुद्धीकरणको वर्ष

kendrabindu.com · Fri Feb 23 01:11:56 GMT 2024

काठमाडौं। नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा मनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई थप उचाइमा पुर्याउन अगामी वर्षमा शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनका अनुसार राष्ट्र र जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालनको एजेण्डा छिटै सार्वजनिक हुनेछ। सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय भएको उनले बताए। यसअघि कमिटी बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)