रियादमा हुथी आक्रमणपछि द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
ratopati.com · Sun Sep 20 07:54:32 GMT 2026

वासिङ्टन डीसी । यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डस्थित क्याम्प डेभिडमा बिताइरहेको सप्ताहन्तको बसाइ छोट्याएर शनिबार अप्रत्याशित रूपमा ह्वाइट हाउस फर्किएका छन् । ह्वाइट हाउसले उनको फिर्तीको कारण भने सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)