नेकपा संयोजक प्रचण्डद्वारा मंगलबार केन्द्रीय संयोजन समिति बैठक आह्वान,
barnanmedia.com · Sun Sep 20 07:45:56 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्। मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक आह्वान गरिएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
प्रवक्ता ज्वालाका अनुसार मंगलबार बस्ने बैठकले पार्टीको आसन्न अधिवेशन तथा महाधिवेशनको कार्यतालिका सम्बन्धमा महत्त्वपूर्ण निर्णय लिनेछ। यसका साथै पार्टीको आन्तरिक सांगठनिक संरचना, सुदृढीकरण तथा समसामयिक राष्ट्रिय राजनीतिका सवालमा समेत विस्तृत छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)