नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक - सञ्चारमन्त्री
nepalviews.com · Sun Sep 20 07:55:28 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले केवल डिजिटल रूपान्तरणमा केन्द्रित नभई उत्थानशील (रेजिलेन्स) डिजिटल प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पछिल्ला विपद्का घटनाले संकटका बेला सूचना, सञ्चार र तथ्याङ्कको महत्त्व पूर्वाधारजत्तिकै हुने देखाएको बताए । उनले विपद्का समयमा सडक तथा अन्य भौतिक संरचना अवरुद्ध भए पनि सञ्चार र सूचना प्रवाह निरन्तर रहन आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)