देवानगञ्ज घटनाका घाइतेको शरीरबाट निकालियो गोली
onlinekhabar.com · Sun Sep 20 08:01:40 GMT 2026

४ असोज, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ।
मध्यहषार्हीमा ८–९ जनाको समूहले गोली प्रहार गर्दा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका थिए । घटना लगतै उनलाई नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । आइतबार बिहान शल्यक्रिया गरेर उनको शरीरबाट गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)