आप्रवासीलाई तेस्रो देशमा निकाला गर्ने ट्रम्प प्रशासनको नीतिमाथि अदालतको रोक
baahrakhari.com · Sun Sep 20 08:08:07 GMT 2026

काठमाडौं । अमेरिकी अदालतले विभिन्न मुलुकका आप्रवासीलाई देशनिकाला गरी तेस्रो राष्ट्रमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीतिमाथि रोक लगाउने आदेशलाई कायम राखेको छ । अमेरिकी संघीय पुनरावेदन अदालतले आप्रवासीलाई पर्याप्त पूर्वसूचना र आफ्नो सुरक्षासम्बन्धी चिन्ता व्यक्त गरी सरकारको निर्णयविरुद्ध चुनौती दिने अवसर नदिई तेस्रो देशमा द्रुत रूपमा निकाला गर्ने ट्रम्प प्रशासनको नीतिमाथि रोक कायम राखेको हो ।
बोस्टनस्थित पहिलो सर्किटको अमेरिकी पुनरावेदन अदालतको तीन सदस्यीय इजलासले आप्रवासीलाई आफूलाई पठाउन लागिएको तेस्रो देशबारे प्रभावकारी रूपमा जानकारी दिनुपर्ने तथा त्यहाँ उत्पीडन वा यातनाको जोखिम रहेको दाबी गर्न र देशनिकालाको निर्णयलाई चुनौती दिने अर्थपूर्ण अवसर दिनुपर्ने फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)