थालाजुङमा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते
gorkhapatraonline.com · Sun Sep 20 08:20:45 GMT 2026

गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार बिहान करिब १०: ३० बजे भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)