महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?
khabarhub.com · Sun Sep 20 08:32:22 GMT 2026

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउमा उभिएका छन्। ओलीको नेतृत्वमाथि प्रश्न उठिरहेका बेला ज्ञवालीले महासचिव शंकर पोखरेलको पुनर्गठन प्रस्तावको प्रतिवाद गर्दै ओलीको नेतृत्वको प्रशंसा गरिएको २९ पृष्ठ लामो प्रतिवेदन तयार पारेका छन्।
तर, करिब १० महिनाअघि भएको एमालेको ११औँ महाधिवेशनमा यही ओलीले महासचिव नबनाएपछि ज्ञवाली असन्तुष्ट बनेका थिए। महासचिव बन्ने आकांक्षासहित महाधिवेशनस्थलमा पुगेका ज्ञवाली त्यसबेला निराश भए। कारण थियो, ओलीले शंकर पोखरेललाई नै दोहोर्याउने निर्णय गरे। त्यसपछि उपाध्यक्ष पदसमेत अस्वीकार गरेर ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)