संविधान दिवसमा काठमाडौँ शिक्षालयको साइकल र्याली : बाढीपीडितलाई सहयोग र वातावरण चेतनाको सन्देश
ajakoartha.com · Sun Sep 20 08:29:00 GMT 2026

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले भव्य साइकल र्याली आयोजना गरेको छ । “बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा ३०० भन्दा बढी साइकलप्रेमीहरूको सहभागिता रहेको थियो ।
इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको र्याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकालगायत क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले समुद्घाटन गरेका यस र्यालीमा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो । र्यालीलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट र १५० भन्दा बढी स्वयंसेवकहरू खटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)