देउवाको गृहजिल्लामै कांग्रेस विभाजित, विश्वासपात्रले छाडे साथ
kendrabindu.com · Sun Sep 20 08:32:43 GMT 2026

डडेल्धुरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीको वडा अधिवेशन आइतबार सुरु भएको छ। जिल्लाका सातवटै स्थानीय तहअन्तर्गत ५२ वडामा अधिवेशन भइरहेको छ।
देउवा पक्षले असोज १५ गतेदेखि छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला डडेल्धुरामा भने जिल्ला कार्यसमितिको नेतृत्वमा वडा अधिवेशन भइरहेको हो। जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार सबै ५२ वडामा अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)