सचिवालय सदस्य श्रेष्ठद्वारा शपथ ग्रहण
gorkhapatraonline.com · Sun Sep 20 08:38:40 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिनुभएको छ ।
आइतबार केन्द्रीय सचिवालयको बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सपथ समारोहमा महामन्त्री विपिन आचार्य सहभागी हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट २ हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)