पैदलयात्रीको ज्यान जोखिममा : काठमाडौं फुटपाथको कारुणिक कथा
sutranews.com · Sun Sep 20 08:38:15 GMT 2026

केही दिनअगाडि गोङ्गबुदेखि ठमेलसम्म पैदल यात्रा गरेर कर्मचारी सञ्चयकोष पुगेको थिएँ । यो रुटमा कहीँ पनि फुटपाथ छैन । बाटोमा हिँड्दा न जेब्राक्रसिङ नै छ । एकजना बूढी आमा साग बेच्न हिँड्दै थिइन् । फुटपाथ नभएको कारण सडकको छेउ लागेर हिँड्नुको विकल्प पनि थिएन । उनी अलिक अगाडि थिइन् । म उनको करिब दस फिट जति पछाडि थिएँ । हेर्दाहेर्दै एउटा बाइक बतासझैँ हुइँकिएर आयो र ती आमाको सागको डोकोमा हानेर भाग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)